२०२१ मै आउने भो रेनाशाको ‘आई एम ट्वान्टी वान’

Renasha Film

काठमाडौ । कोरियोग्राफीबाट फिल्म निर्देशनमा हात बढाएकी निर्देशक रेनाशा वान्तवा राईको नयाँ फिल्म ‘आई एम ट्वान्टी वान’ आउँदो सन् २०२१ मा प्रदर्शन हुने भएको छ ।

निर्देशक राईले फिल्मको छायाँकन अगाडि फिल्मको प्रदर्शनबारे जानकारी दिएकी हुन् । फिल्म छायाँकनका लागि अहिले प्रि प्रोडक्सनको कार्य भइरहेको उनले बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत फिल्म छिट्टै फ्लोरमा जाने जानकारी समेत दिएकी छन् । अभिनेत्री जसिता गुरुङ र धिरज मगरको मुख्य भूमिका रहने फिल्मको वर्कशप समेत सकेको उनको भनाइ छ ।

रेनाशाको होम प्रोडक्सन आईकोर फिल्मको ब्यानरमा निर्माण हुने फिल्ममा धिरज र जसिताबाहेक अन्य कलाकारहरु भने सार्वजनिक गरिएको छैन ।

फिल्मको निर्माता प्रज्वलशम्सेर राणा रहेका छन् । रेनाशाले अभिनेता धिरज र अभिनेत्री सामाज्ञीलक्ष्मी शाह लिएर यस अगाडि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बनाएकी थिइन् ।

Comments

Top