पाल्पामा एकैदिन ९३ जनामा कोरोना संक्रमण, हालसम्म ३ सय ३९ संक्रमित

Palpa

चितवन । प्रदेश नं. ५ को पाल्पा जिल्लामा थप ९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालले बिहीबार बिहान एक सूचना जारी गर्दै असार १० गते भएको संकलन भएको २३४ वटा नमुना परीक्षण गर्दा ९३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख छ ।

योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित