नेपालको जम्मा संक्रमित ९९५४ कि ९५६१ !

kkkkk

kkkkk

 

श्रीमान् सम्पादक ज्यू,

म स्वास्थ्य मन्त्रालयले दैनिक रुपमा गर्दै आएको कोरोना अपडेटको नियमित स्रोता एवं कोरोनासम्बन्धी अपडेका लागि सञ्चारमाध्यममा अपडेट भइरहने पाठक पनि हुँ ।

सोमबार मन्त्रालयले गरेको कोरोना अपडेटसम्बन्धी तथ्यांकमा अस्पष्टता देखियो । उक्त अपडेटअनुसार कूल संक्रमित संख्यामा मिस्टेक भएको हो वा सूचना लुकाउन खोजिएको हो प्रष्ट भएन ।


तथ्यांकमा देखिएको अस्पष्टताः

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको दिनमा आईसोलेसनमा रहेको संक्रमित संख्या ७ हजार ७ सय ८९ रहेको बताएका छन् ।

त्यस्तै गौतमले पछिल्लो २४ घन्टामा ३२ महिला र ३ सय ३८ जना पुरुषसहित ३ सय ७० जना डिस्चार्ज भएको बताए । यससँगै हालसम्म देशभरमा डिस्चार्जको संख्या २ हजार १ सय ४२ जना रहेको बताएका छन् ।

त्यसपछि संक्रमितको संख्या अपडेट गर्ने क्रममा उनले ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जनामा संक्रमण देखिएको बताए । हालसम्म जम्मा संक्रमितको संख्या ९ हजार ५ सय ६१ जनामा संक्रमण भएको बताए ।

तर उनले गरेको आजैको अपडेटअनुसार आईसोलेसनमा रहेका संक्रमितको संख्या ७ हजार ७ सय ८९ जना र डिस्चार्जको संख्या २ हजार १ सय ४२ जना गर्दा ९ हजार ९ सय ३१ जना पुगेको देखिन्छ ।

त्यस्तै उनकै अनुसार आज थप कसैको पनि मृत्यु नभएको भनिएबाट हिजैको संख्यालाई आधारमान्दा मृतक २३ जना समेत गर्दा ९ हजार ९ सय ५४ जना संक्रमित भएको हुनुपर्ने देखिन्छ । यस तथ्यांकअनुसार ३ सय ९३ जना फरक भएको देखिन्छ । 

 

तथ्यांक बारे केही हाइलाइटः

आईसोलेसनमा संक्रमित जम्मा संख्याः  भिडियोको १.१७ सेकेन्डदेखि १.२५  सम्म 

जम्मा डिस्चार्ज संख्याः २.३७ देखि २.५० सेकेन्डसम्म

हालसम्मका जम्मा संक्रमितः ६ः१० देखि ६ः२५ सेकेन्डसम्म

मृतकबारे अपडेटः ६ः४० देखि ६.४४ सेकेन्डसम्म

 

कोरोना अपडेटको भिडियो लिंकः स्वास्थ्य मन्त्रालयको कोरोना अपडेट

प्रतिक्रिया

सम्बन्धित