वार्ताबाट नै भारतले चीन र नेपालसँगको सीमा विवाद समाधान गर्नुपर्छः परराष्ट्रविद्

काठमाडौं । भारत र चीनबीच सीमामा मंगलबार लद्दाखस्थित गलवान घाटीमा भएको भिडन्तका बारेमा नेपालले चासो व्यक्त गरेको छ । उक्त भीडन्तमा २० जना भारतीय सैनिक मारिएका छन् । सो घटनापछि विश्वका दुई शक्तिशाली राष्ट्रका बीच धेरै समयअगाडि देखि रहेको सीमाविवाद भिडन्तमा परिणत भएको छ ।
भारतले आप्mना २० जना सैनिक मारिएको पुष्टी गरे पनि चीनतर्फको क्षतिको बारेमा भने खासै केही खुलेको छैन । भारत र चीनबीचको यस परिघटनामा नेपालले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।
नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले चीन र भारतबीच यस घटनालाई लिएर कूटनीतिक वार्ता गर्नुपर्ने बताउँछिन् ।
उनले बीबीसी हिन्दीसँग कुरा गर्दै भनिन्, ‘भारत र चीनसँग हाम्रो सम्बन्ध सुमधुर छ, हामीले उनीहरुको सम्बन्ध अझै मजबुद भएको हेर्न चाहन्छौं, भारत र चीनबीचको कुनै पनि प्रकारको विवादले पूरा एशिया नै प्रभावित बन्दछ ।’
त्यस्तै नेपालका पूर्व परराष्ट्रमन्त्री एवं कूटनीतिज्ञ डा. भेषबहादुर थापाले चीन र भारतको कूटनीतिक वार्ताको स्वागत गर्दै दुवैदेशले जतिसक्दो छिटो वार्ताबाट सीमा समस्या समाधान गर्नुपर्ने बताउँछन् ।
उनले भने, ‘यस हिंसाले शान्ति स्थापना हुने संकेत देखिएको छ, लद्दाख र अन्य क्षेत्रमा भारत र चीन सीमा विवाद पछिल्लो युद्धको विरासत हो, यसको समाधानका लागि जतिसक्दो धेरै वार्ताबाट नै राजनीतिक समाधान निस्कन्छ ।’
डा. थापाले भारतले यससँगै अन्य सीमा विवादहरु पनि समाधान गर्नुपर्दछ । उनले लिम्पियाधुरा र लिपुलेखका सम्बन्धमा नेपाल भारतबीचको सीमाविवाद पनि राजनीतिक वार्ताबाट नै समाधान गर्न सकिने बताए ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_AXvXUmHD8n_uksznsg9jqmpww95ctalgs1nijsajmjshukgwihcf4xptumkk0lvavpfex8o.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_xAIslnp8HC_qqljvk3ip5nu3gnryjbym6m7vbvfcq29t4owpmlsombuws58if6bsurluaxt.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_TUBQtYg3VC_fzumyzsdiqek6bc57bb0okdtbo747qeucmed79ljhrauszk6fxwnbs1ynz2a.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_gNue4g9StP_fecfqzsbizox8bp9ymyfrpuooxwhu0xhs2ojypmeh3ghv9ar4e677dpprnxy.jpg)
प्रतिक्रिया