प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

PM KP

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । ११ बजेदेखि बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका विभिन्न विषयलाई समेटेर सम्बोधन गर्ने जनाइएको छ ।

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

 

Comments

Top