रुकुम घटनाको अनुसन्धानमा ९ सदस्यीय संसदीय समिति गठन

rukum

काठमाडौं । सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा रुकुम पश्चिमको चौरजहारी घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन गरिएको छ ।

सा‌ंसद पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव रहेका जनाइएको छ ।

करिब २ साताअघि रुकुमको चौरजहारी घटनामा दुईपक्षबीचको विवादका क्रममा ६ जनाको ज्यान गएको थियो । उक्त घटनामा नवराज वि.क., गोविन्द शाही, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र सन्दीप विकको मृत्यु भएको थियो । 

 

 

Comments

Top