नेपाल फर्किने पखाईमा बेलायतका साढे तीन सय नेपाली

लण्डन । लकडाउनका कारण बेलायतमा रोकिएका साढे तीन सय नेपालीलले स्वदेश फर्किन जरुरी भएको भन्दै लण्डनस्थित नेपाली दूतावासमा आफ्नो नाम दर्ता गराएका छन् । विदेशमा रोकिएका नागरिकलाई देश फर्काउने सरकारको नीतिअनुसार दूतावासले विवरण उपलब्ध गराउन आह्वान गरेपछि उनीहरु दूतावासको सम्पर्कमा आएका हुन् ।
दूतावासले शुक्रबारसम्मको पाँच दिनको समय उपलब्ध गराएर नेपाल फर्किन जरुरी भएका नेपालीलाई आफ्नो विवरणसहित नाम दर्ता गर्न आह्वान गरेको थियो । चाँडै नेपाल फर्किनुपर्ने भन्दै दूतावासमा नाम बुझाउनेहरुमा अध्ययनका लागि बेलायत आएका विद्यार्थी, भ्रमण भिसामा घुम्न आएका, जाँच दिन आएका चिकित्सक, प्रशिक्षणका लागि आएका कर्मचारी र छोटो भिसामा घरेलु कामदारका रुपमा आउने लगायत छन् । लकडाउनकै बेला नेपालमा आमाबाबुको निधन भएर काजक्रिया गर्न नपाएका केहीले पनि आफ्नो नाम दर्ता गराएका छन् ।
दूतावासका प्रवक्ता शरदराज आरनले संकलित विवरण सोमबारभित्रै नेपाल सरकारलाई पठाइने जानकारी दिएका छन् । लण्डनबाट सिधै विमान चार्टर गर्ने वा ट्रान्जिटसम्म आफ्नै व्यवस्थाले गएर त्यहाँबाट नेपाल पठाउने भन्ने दुई विकल्पबारे छलफल भइरहेको उनले बताए । यसरी नेपाल फर्किनेहरुले उडान निश्चित भएपछि कोरोना संक्रमण नभएको स्वास्थ्य प्रमाणत्र बुझाउनुपर्नेछ । साथै, टिकट र नेपाल फर्किएपछि १४ दिनको क्वारेन्टिनको खर्च पनि आफैँ व्यहोर्नुपर्नेछ ।
अहिले नाम दर्ता गर्ने सबैले यी सबै शर्तहरु पूरा गरेको अवस्थामा दुई वटा उडान व्यवस्था गर्नुपर्ने सोच दूतावासले बनाएको छ । त्यसअवस्थामा बढी जरुरी रहनेहरुलाई पहिलो उडानमा प्राथमिकता दिइने बताइएको छ । लकडाउनका कारण उडान बन्द भएपछि बेलायतमा रोकिएका कतिपय नेपाली अहिले साँच्चीकै अफ्ठ्यारोमै परेका छन् । घरेलु कामदारका रुपमा भारतीय मालिकको घरमा काम गर्न आएका आधा दर्जन नेपाली चाँडै नेपाल फर्किने व्यवस्था गरिदिन आग्रह गर्दै दूतावासको सम्पर्कमा आएका छन् ।
'काम गर्ने घरमा बस्नै चाहन्नौं भन्दै केहीले हामीलाई सम्पर्क गर्नुभएको थियो । नेपाल फर्किने व्यवस्था नहुञ्जेल धैर्य गरेर बस्नुस् भनेर सम्झाएका छौं', दूतावासका प्रवक्ता शरदराज आरनले भने, 'एकजना त झगडा गरेर घर छोडेरै निस्किनुभएछ । हामीले एकजना नेपाली समाजसेवीको सहयोगमा उहाँलाई खाने,बस्ने प्रबन्ध मिलाइदिएका छौं ।'
बेलायतका नेपालीहरु कहिलेसम्म फर्किन पाउँछन् भन्नेबारे भने अझै केहि टुंगो छैन । आवश्यक तयारी पूरा गरेर नेपाल सरकारले नै उडानको तिथि तोक्ने दूतावासको भनाइ छ । उडान व्यवस्था नहुञ्जेल धैर्य गर्न समेत दूतावासले आग्रह गरेको छ । -अन्नपूर्णपाेस्ट्
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_UOj4pchvij_2ndobksaywlxpr0up4glykn1fwx2pd1khdblvmlu3wavoylrj8e8va2weukn.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_KJdU3Wsuxq_qfbip8pj7hkf62qd2ykmnmfln6v6tto8booavzio4eemonub4buqx7yzxnu7.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_Evixc4lT1c_ajuzkujmjuuegmxe4isqre0mjwquffyhpfuiolfelwvgfp6pwvsr8tkx5yup.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_BsICfWwILo_gbwwgeqss6trusrnit87nx3krfkshquexw9mrp10u8tbik3gtfrbxj2ssiuo.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_U647pH6txz_x24wgk4htr2hp4umzlxs3aspv1ma3o9wrscd1fnrsegu7o1bdlnuhxgib4da.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_xAgphZFChk_meyzgw5xfinhilz5xwn2lus7qdf3ysuw27mdejtmrs2ndwfqi2p8poidj8lm.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_q7ZhpuqdmC_7nzcshqr1kheepbh7rfttblouprjjzdhsbgohyun8lgxx3zi1a7dfho5mcbx.jpg)
प्रतिक्रिया