कोरोनाबाट पाल्पाका एक पुरूषको मृत्यु, यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० पुग्यो

Died_Corona_1

काठमाडाैं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। पाल्पा पूर्वखोलाका ४५ वर्षीय एक पुरूषको कोरोनाकै कारण मृत्यु भएको जनाइएको छ । 

२० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित