प्राणी उद्यान भक्तपुरका लागि गौरवको विषय होः सांसद बस्नेत

 उद्यान सीमामा सडक स्तरोन्नती भोलिदेखि सुरु हुँदै 

mahesh

भक्तपुर । भक्तपुरमा निर्माण हुन लागेको प्राणी उद्यानको चारैतिरको सडक स्तरोन्नती सोमबारदेखि सुरु गरिने भएको छ । सांसद महेश बस्नेतले वन र वन्यजस्तुको प्रजनन, संरक्षण र अनुसन्धानका लागि भक्तपुरको सूर्यविनायक जंगलमा बनाउन लागिएको प्राणी उद्यानको सीमानावरिपरि १५ मिटर सडक विस्तार गरिन लागेको बताए ।

सोमबारदेखि स्तरोन्नती गर्न लागिएको उक्त सडक सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुन्डुको खहरेबाट पाथिभरा मन्दिरसम्मको खण्डमा काम गरिने सांसद बस्नेतले बताए । उक्त सडक स्तरोन्नतीमा पहिलो चरणका लागि ३० लाख बजेट विनियोजन भएको पनि सांसद बस्नेतले बताए ।

उक्त अवसरमा बस्नेतले सरकारले यस क्षेत्रलाई वन्यजन्तुको प्रजनन, संरक्षण र अनुसन्धानका लागि चयन गर्नु भक्तपुरबासीका लागि गौरवको विषय भएको बताए ।

उक्त क्षेत्रका स्थानीय र जनप्रतिनिधिसँगको आपसी सरसल्लाहका लागि आइतबार सांसद बस्नेतसहित राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार सिंह, सदर चिडियाखाना जावलाखेलका निर्देशक किरण पोखरेल, सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली, सूर्यविनायक प्राणी उद्यानका व्यवस्थापन अधिकृत मिथिलेस महतो, वडा अध्यक्ष रविन्द्र सापकोटा र प्राविधिकहरुसहितको टोलीले निरीक्षण गरेको थियो ।

1

1
3
3
2
2
4
4
5
5

 

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन