कोरोनाको नेपाल जोखिम न्युनिकरणका लागि मकाउबाट निरन्तर सहयोग ,५०००० थान स्पेशल सर्जिकल मास्क हस्तान्तरण

Macau Face Mask Final

मकाउ ।

चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्वनै महामारीबाट गुज्रिरहेको अबस्थामा मकाउमा केही दिन अगाडी मात्रै पुर्ण रुपमा कोरोना भाईरस मुक्त राष्ट्र घोषणा गरिएको छ । नेपाल लगाएतका देशहरुमा भने कोभिड १९को प्रभाब बढ्दो क्रममा रहेसँगै कोरोना भाइरसले नेपालमा गर्ने असर तुलनात्मक रुपमा बढि नै रहने निश्चित प्राय छ । नेपालमा आइपर्ने हरेक दुखको साक्षीका रुपमा रहि भाबनात्मक सम्बन्धका कडि बिभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपालीहरुले कोरोना कहरले जन्म भुमि नेपालमा पार्न सक्ने जोखिम न्युनिकरणका लागि सक्दो सहयोग गर्दै आएका छन् ।

कोभिड १९ बिरुद्धको अभियानमा सम्पुर्ण नेपाली र राष्ट्रलाई नै केही सहयोग होस भनी भबिष्यमा आउन सक्ने बिकराल अबस्था  प्रति सचेत बन्दै सम्भाबित जोखिम कम गराउने उद्देश्यका साथ कोभिड १९ रोकथाम गर्न सहयोग सिद्ध आबश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराई  बिशेषगरी जनताको सेवामा अहोरात्र खटिनुहुने र अति आबश्यक क्षेत्रहरु जस्तै सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,स्वयंसेवक,मिडियाकर्मी र बृद्धाश्रम लगायतका क्षेत्रहरुमा  सहयोग गर्ने अभिप्रायले गैर आवासिय नेपाली संघ मकाउको अनुरोधमा मकाउमा रहेका सम्पूर्ण नेपालीहरुको हरेक सुख:दुखमा साथ दिने सहयोगी सामाजिक अभियन्ता साथै नेपालमा विभिन्न किसिमका समस्या तथा दैवी प्रकोप र प्राकृतिक प्रकोप लगायतका घडिमा अहम भुमिका निभाईरहने नेप्लिज बडिविल्डिङ् एण्ड फिटनेश एशोसियशनका अध्यक्ष  IFBB International Judge, NCC macau co-ordinator NRNA sports academy taskforce asia member समेत रहनुभएका श्रीजन बाबा भाई  (Lei Wai San), Brotherhood Association of Macau Nepal का अध्यक्ष बम लिम्बु , LG Association Hongkong President साथै NRNA Sports Academy Taskforce Asia Member समेत रहनुभएका चेतन गुरुङ ,अध्यक्ष बिशाल गुरुङ , र उपाध्यक्ष हिमाल गुरुङको बिशेष पहल तथा सक्रियतामा Min da Construction Engineering Company Limited Macau का Managing Director Mr Leong Chin Tung  ले कोभिड १९ नियन्त्रणको लागी उपयोगी हुने स्वास्थ्य सामग्री मध्ये गुणस्तरयुक्त सर्जिकल मास्क ५०००० थान गैर आवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् मकाउलाई हस्तान्तरण गरेको छ ।

उक्त मास्क  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउका अध्यक्ष पुर्णबहादुर गुरुङ, गैर आवासीय नेपाली संघ मकाउ समन्वय परिषद्का उपाध्यक्ष बिकेन जोशी, महासचिब राजेश गुरुङ, कोषाध्यक्ष प्रेम बिक र कार्यसमिती सदस्य सुरेश  सिंह सुनार मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

Mask macau 2

त्यस्तै एकमहिना अगाडी पनी NRNA मकाउको अनुरोधमा Macau Nepalese Bodybuilding and Fitness Association का अध्यक्ष श्रीजन बाबा  र Brotherhood Association of Macau Nepal का अध्यक्ष बम लिम्बुको व्यक्तिगत खर्चमा मकाउमा कार्यरत नेपालीहरुका लागी फेस मास्कको समस्या नहोस भन्ने उद्देश्यले ७००० थान उच्च स्तरको सर्जिकल मास्क NRNA मकाउ लाई हस्तान्तरण गरिएको थियो । उक्त मास्क मकाउ सरकारले सहज रुपमा उपलब्ध गराउने र उपयोगिताका हिसाबले नेपालमा त्यसको महत्व धेरै भएकाले गैर आवासिय नेपाली संघ मकाउ रास्ट्रिय समन्वय परिषद् लगायत सम्पुर्णको सल्लाह बमोजिम कोभिड १९ बिरुद्धको अभियानमा सहयोग र समर्थन पुर्याउनका लागी नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

Mask macau 3


Macau Nepalese Bodybuilding Association का अध्यक्ष श्रीजन  बाबा भाई (lei wai san )ले कोभिड १९ महामारीको जोखिम मुल्याङ्कन गर्दै न्युनीकरणका लागि आ- आप्mनो स्थानबाट सक्दो सहयोग गर्न मकाउमा स्थापित सम्पूर्ण नेपाली राजनितिक, सामाजिक, धार्मिक संघ संस्थाहरुमा सक्रियता र सहयोगका निमित्त हार्दिक अपिल तथा बिनम्र अनुरोध समेत गरेका छन् । उनले आगामी दिनमा पनी राष्ट्र बिपद्को परिस्थितीमा आफ्नो साथ सहयोग र समर्थन निरन्तर रहिरहने प्रतिबद्धता व्यक्त गर्दै यस महान कार्यमा जोडिनुहुने र बिशेष सहयोग पुर्याउनुहुने प्रती धन्यबाद सहित आभार प्रकट गर्दै राष्ट्रप्रतिको सद्भाब र माया लाई जगाईराख्नका निमित्त यसरीनै हामी सबैले आ-आफ्नो स्थान बाट सहयोगमा गर्नु पर्ने बताएका छन् ।

Mask Macau 1

 

प्रतिक्रिया

सम्बन्धित