सुर्खेत, राैतहट र बारामा थपिए कोरोना संक्रमित

Corona_Test_2

 

काठमाडौं । सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान भारतबाट आएका १२ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै सुर्खेतमा कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या २३ पुगेको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १ महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा २/२ जना पुरुषमा कोरोना पुष्टि भएको कार्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज संक्रमित पुष्टि हृुनेहरुमा वीरेन्द्ररनगर नगरपालिका–१ का १६ वर्षीय किशोर, वडा नम्बर २ का ३२ वर्षीय महिलाला, ९ वर्षीय बालक, २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ का ४६ वर्षका पुरुष र वडा नम्बर ६ का २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।

Comments

Top