पाकिस्तानमा ९९ जना यात्रु रहेको विमान दुर्घटना

PIA_

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ ।

पाकिस्तानको जिन्नाह इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्नुभन्दा १ मिनेट पहिला ९९ जना सहितको उक्त विमान दुर्घटनामा परेको जनाइएको छ । उक्त विमानमा रहेका यात्रुहरूको मानवीय क्षति भएको अनुमान गरिए पनि विस्तृत विवरण खुलेको छैन ।

उक्त विमानमा ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको द एक्सप्रेस ट्रिब्यूनले जनाएको छ । 

लाहोरबाट कराँची गइरहेको उक्त विमान विमानस्थल नजिककै अपार्टमेन्टमा खसेको थियो ।

Comments

Top