नेपालमा थप ६ जनामा कोरोना, २ सय ७३ पुगे संक्रमित

Mynews_1

Mynews_1

 

काठमाडाैं । नेपालमा कोरोनाभाइरसका ६ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७३ पुगेको छ।

बर्दिया नार्सु ११ का २८ वर्षकी महिला, सिराहा सखुरा १९ का ३० वर्षीय पुरूष, पर्सा वीरगन्ज १२ का २८ र २९ वर्षीय पुरूष, सर्लाही रामनगर ४ की १८ वर्षीय युवती र चितवन गढौली १ की २५ वर्षीया महिलामा कोरोनाभाइरस पुष्टि भएको हो।

यसअघि २ सय ६७ जना रहेकामा यी ६ जना थपिएपछि २ सय ७३ पुगेको जनाइएको छ । हालसम्म ३६ जना उपचारपछि घर फर्किसकेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित