आजदेखि अहिलेसम्मका सम्पूर्ण सवारी जारी पास रद्ध, लकडाउनमा थप कडाई

काठमाडौं । गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुले लकडाउनका समयमा सवारीसाधन सञ्चालनका लागि जारी गरिएका पासहरु आजदेखि रद्ध भएको छ । पासको खारेजीसँगै गृहमन्त्रालयले आजदेखि लकडाउन थप कडा गरिने जनाएको छ ।
गृहमन्त्रालयले शुक्रबार सूचना जारी गर्दै आज (जेठ ३ गते)बाट जिल्ला भित्रका सवारी पास रद्द गरिएको परिपत्र पठाएपछि जिल्ला प्रशासन कार्यालयहरुले पनि छुट्टै सूचना जारी गरेर सवारी पास रद्द गरिएको बताएका छन् ।
गृहमन्त्रालयका केदारनाथ शर्माका अनुसार अति आवश्यक काम परेर सवारी पास चाहिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा कारणसहित निवेदन दिनुपर्ने छ र उपयुक्त देखिएमा प्रमुख जिल्ला अधिकारीले पास जारी गर्नेछन् । काठमाडौं जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालयको वेबसाइटको सूचनाअनुसार प्रक्रिया पूरा गरी पास लिन सकिने गृह मन्त्रालयले जनाएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास चाहिएमा जुन जिल्लामा जानु पर्ने हो, त्यो जिल्लाको जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिएर मात्र सवारी पास जारी गर्नुपर्ने छ । काठमाडौं उपत्यकामा प्रवेश गर्ने सवारी पास चाहिएमा गृह मन्त्रालयको पूर्वस्वीकृति चाहिने छ ।
सन्चारकर्मीहरु भने सूचना विभागबाट जारी भएको पास देखाएर आवत जावत गर्न सकिने गृहमन्त्रालयले जनाएको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_z4PIWKmlzE_bpkv8jjcy4fndulu7g1ocsrja8uqhlad8thn2yi815336bbaiamwkn0kpowc.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_huLoPJgmET_6awing05facey82efvtdz2ueft7nores7j357asz85g3omch2dtwxe5zozvu.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_1ts32uAcbR_gcz9r86r15ugml8virtgzeohzixogkxsneojitfntylnksopaiunpuv8awqc.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया