थप ९ मा कोरोना संक्रमण, नेपालमा २ सय ६७ पुगे संक्रमित

Mynews_1
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौंमा गरी थप ९ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।
मन्त्रालयका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणअनुसार पर्साका २ जना ९ र १० वर्षीय बालक र २३ र ४७ वर्षीया महिला, उदयपुरमा २५ वर्षीय पुरुष र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङका दुई २३, ३६ र ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ । त्यस्तै काठमाडाैं सतुंगलका ७ वर्षीय बालकमा पनि कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ भने ती मध्ये ३६ जना उपचारपछि निको भएको जनाइएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया