नेपालमा ३६ औं व्यक्ति अस्पतालबाट डिस्चार्ज, देशभर २१० पुरुष र ४८ महिला संक्रमित

1 Health

 

काठमाडौं । उदयपुरका १ जना संक्रमित २७ औं दिनमा डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् ।

डा. देवकोटाका अनुसार नेपालभर हालसम्म २ सय ५८ जना संक्रमित रहेकोमा २ सय १० जना पुरुष र ४८ जना महिलामा संक्रमण देखिएको बताए ।

त्यस्तै गरी सबैभन्दा धेरै प्रदेश नं. ५ मा १ सय २ जनामा कोरोना संक्रमण देखिएको र प्रदेश नं. १ मा ३५ जना, प्रदेश नं. २ मा १००, बाग्मती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमण देखिएको पनि देवकोटाले जनाए ।

आज डिस्चार्ज भएका व्यक्ति उदयपुरका एक २५ वर्षीय युवक रहेसँगै हालसम्म ३६ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित