आँफैं गाडी हाँक्दै पूर्वराजा ज्ञानेन्द्र काठमाडौंतर्फ

gyanendra
झापा । झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट आँफैं गाडी चलाएर काठमाडौंतर्फ फर्कँदै छन् ।
गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई उपचारको फलोअपको सम्बन्धी कारण देखाउँदै सवारी पास दिएको बताइएको थियो।
पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।
करिब २ महिनाअघि भारतको भ्रमणमा गएका पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि झापामै रोकिएका थिए ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया