नेपालमा थप ९ मा कोरोना संक्रमण, २५८ पुगे संक्रमित

Mynews_1

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मकवानपुरका १ व्यक्तिसहित बाँकेका ८ व्यक्तिमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालभर संक्रमितको संख्या २ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

मन्त्रालयका अनुसार मकवानपुरका ३७ वर्षीय पुरूष, बाँके नैनपुर वडा नं. १, ३ र ५ का १८, २०, २२, २५, २७, ३२ र ३६ वर्षका पुरूषहरू रहेको जनाइएको छ । 

हालसम्म नेपालमा ३५ जना उपचारपछि घर फर्केको जनाइएको छ ।

 

Comments

Top