टिचिङमा उपचाररत बालिकामा कोरोना संक्रमण, आकस्मिक बैठकपछि अस्पताल सिल गरियो

teaching

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार गराइरहेकी एक बालिकामा कोरोना संक्रमण देखिएपछि आकस्मिक बैठक बसेको छ ।

आज बिहान कोरोना संक्रमण देखिएका २ जनामध्ये कपिलवस्तुकी एक बालिकामा संक्रमण देखिएको जनाइएको छ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकाकारी निर्देशक प्रेमकृष्ण खड्गाले अस्पतालमा भर्ना गरिएको एक विरामीमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरे।

यससँगै अस्पताललाई सील गरिएको जनाइएको छ । अहिले उनका अभिभावकको स्वाब परिक्षण गर्न लागिएको अस्पतालले जनाएको छ ।

Comments

Top