उपत्यकामा विस्तार हुँदै कोरोना संक्रमण, नेपालमा युवापुस्ता बढी संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो दिनमा संक्रमित हुनेको संख्या एक्कासी बढ्न थालेको छ । संक्रमित मध्ये प्रायःजसो तराईका जिल्लाका बासिन्दा रहेको तथ्यांक सार्वजनिक भइरहेका बेला उपत्यकामा फेरी थप १ जनामा संक्रमण देखिएको छ ।
काठमाडौं उपत्यकामा मंगलबार तीन जनामा देखिएको संक्रमण बिहीबार पुनः १ जनामा देखा परेको छ । यससँगै राजधानीमा कोरोना संक्रमणको जोखिम बढ्दो रहेको छ ।
बिहीबार उपत्यकाकै चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुषमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सरकारले २ दिन लकडाउनमा सामान्य खुकुलो बनाउँदा उपत्यका भित्रिएका मानिसहरुमा कोरोना संक्रमण देखिएको छ । ती दुईदिनमा राजधानीबाहिरका विभिन्न जिल्लाबाट उपत्यकामा मानिसहरु प्रवेश गरेका थिए ।
त्यस्तै अन्य देशहरुमा तुलनात्मक रुपमा वृद्ध मानिसहरुमा बढी देखिएको कोरोना संक्रमण नेपालमा भने युवा पुस्तामा बढी देखिएको छ । प्रायः गरी भारतलगायत तेस्रो मुलुकबाट आएका नेपालीमा देखिएको हुनाले काम गर्नसक्ने जनशक्ति विदेशमा गएको हुनाले युवाहरुमा बढी कोरोना देखिएको जनाइएको छ । पछिल्ला दिनमा देखिएका अधिकाशं संक्रमित १६ देखि ४० वर्ष उमेर समूहका रहेको तथ्यांकबाट यस कुराको पुष्टी भएको छ ।
पछिल्लो तथ्यांकअनुसार नेपालभर २ सय ५० जना संक्रमित देखिएको र ३५ जना उपचारपछि निको भइ घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पताल भर्ना भएका र आज देखिएका गरी २ सय १५ संक्रमितको स्वास्थ्य सामान्य रहेको पनि जनाइएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया