२ पत्रकारमा संक्रमण देखिएपछि वीरगन्जमा १०४ पत्रकारको स्वाब संकलन

वीरगन्ज । दुईजना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले बुधबार आफै अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । पर्सामा मङगलबार एकैदिन थप ५७ कोरोना संक्रमीत भेटिएका थिए । ती मध्ये वीरगन्जका २ पत्रकार पनि छन् । दुवै पत्रकारलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि सकिएको छ ।
सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका थप पत्रकार आतंकित भएका छन्। वीरगन्ज र काठमाडौंका विभिन्न संचारगृहमा कार्यरत पत्रकारले बुधबार नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि स्वाबको नमूना दिएका हुन् ।
बुधबार पीसीआर परीक्षणका लागि १ सय ४ जना पत्रकारको स्वाबको नमूना संकलन गरिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
संक्रमीत दुई पत्रकारको परिवारका सदस्यको स्वाब पनि संकलन गरिएको उनले बताए । बुधबार संकलन गरिएका स्वाब रिपोर्ट सम्भवत शुक्रबारसम्म आउने सम्भावना रहेको पनि उनले बताए ।
मङगलबार संक्रमण पुष्टि भएका २ पत्रकार गत आइतबार वीरगन्जका पत्रकार तिवारी यादवसँग प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा नेपाल पत्रकार महासंघको अगुवाइमा लगातार ३ दिनसम्म भएको आन्दोलनमा सहभागी थिए ।
प्रहरीले गरेको दुव्र्यवहारको विरोधमा महासंघको अगुवाइमा गत आइतबार चार दर्जन भन्दा बढी पत्रकार जिल्ला प्रहरी कार्यालयमा भेला भएका थिए । सोमबार र मङगलबार पनि घण्टाघर चोकमा पत्रकारले धर्नासहितको प्रदर्शन गरेका थिए । मङगलबार नै पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर पत्रकारले प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाई ३ दिनको अल्टिमेटमसहित ज्ञापनपत्र पनि बुझाएका थिए ।
आइतबारदेखि मङगलबारसम्म भएको प्रदर्शन र धर्नासहितको आन्दोलनमा संक्रमीत दुवैजना पत्रकारसँगसँगै अरु पत्रकार सहभागी भएकाले अरुमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । -अन्नपूर्ण पाेस्ट्
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_wSKQrssTBC_boy1yddsy8a1ou94u75bfz7oyjnqny3soauiqmpcjbaqy68cauwsxmmg57m9.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_FMWMTHVvk4_dhggeyf2ohgggcm8xtixsiqvzhg1z5e3ni98ldzoo010jaccfaqhgwvm2ux4.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_DNwrBMOwpB_evrv4aeyut6vg7zy8428pygejyssft6pkgcvccu17kj2qdwmfums0oeca7pr.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_yA1ztevmLd_mtlmnh73hcy0x3ssmhgsqtjmbiw1rhj5ams9vwxpgmrhchzeiyehhxde2ebo.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_hTTMwL5r7n_xhlkfryj3n9jtz4cqcjukxyjaxvakjhpbdfmzkysxu1knbjwtvb1p6dz2okm.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_dy5jArdRkt_m4h2co3bpoepzk785v4jjatsqldi6aug60e08fgirfwii8gywfwwmvn276ks.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_9rNm4toe3U_plpvkulyuno6au9a06kdd56uaemlqrbtdzw78wz0fgeccci4mxwbov1ozhxy.jpg)
प्रतिक्रिया