विवादित कालापानी सीमारक्षामा खटिए सशस्त्र प्रहरीका २५ सुरक्षाकर्मी

APF

APF

 

काठमाडौं । भारत सरकारले नेपालको भूमिमा सडक बनाउँदै कालापानीदेखि मानसरोबर जाने सडक बनाएपछि त्यसको विरोधमा नेपालमा सडकदेखि सदनसम्म विरोध भएको छ । भारतले कोरोना भाइरसको महामारी फैलिइरहेको अवस्थामा नेपालको भूमि मिचेर सडक बनाएर उद्घाटन गरेपछि नेपालले त्यसको प्रतिवादस्वरुप कालापानी क्षेत्रमा उपस्थिति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको त्यस कार्यको विरोध गर्दै सीमा सुरक्षाका लागि नेपाली सुरक्षाकर्मीको निगरानी बढाउने निर्णय गर्दै सशस्त्र प्रहरीलाई त्यसको जिम्मेवारी दिने निर्णय गरे । प्रधानमन्त्रीको आदेश एवं राष्ट्रप्रतिको चुनौतीलाई आत्मसाथ गर्दै त्यस कार्यमा संगठन प्रमुख शैलेन्द्र खनालले एक रत्ति पनि ढिलाई नगरी कार्यान्वयन गरे ।

सशस्त्र प्रहरीका कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायण बाबु थापाले उद्घाटन गरेको उक्त चौकीमा २५ जनाको टोली तैनाथ गरिएको जनाइएको छ । कालापानी र लिपुलेक आसपासको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलले दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नं. १ स्थित छाङ्रुमा इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको टोली तैनाथ गरेको हो ।

प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोलीले अब कालापानी क्षेत्रको सीमा सुरक्षाको काम गर्ने जनाएको छ । छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामाग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरू दार्चुला सदरमुकाम खलङ्गाबाट हेलिकोप्टरमार्फत छाङरु पुर्याइएको थियो ।

केही दिनअघि भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले उद्घाटन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित