रामपुर नगरप्रवेशमा पूर्ण प्रतिबन्ध, उल्लंघन गरे कैद सजाय हुने

पाल्पा । पाल्पा जिल्लाको रामपुर नगरपालिकाले नगरभित्र प्रवेशका लागि सबैलाई प्रतिबन्ध लगाएको छ । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बुधबार बसेको सर्वदलीय बैठकबाट सवारीसाधन चल्न नदिनेका साथै बाहिरबाट आउने कुनै पनि व्यक्तिलाई नगरप्रवेशमा पूर्णरुपमा निषेध गरेको जनाएका छन् ।
नगरप्रमुख थापाले विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि अत्याधिक बढ्दै गएकोले र रामपुर नगरपालिकालाई आवश्यक पर्ने खाद्यान्न तरकारी र निर्माण सामग्रीको आयात (ढुवानी)गर्ने छिमेकी जिल्लामा समेत यसको संक्रमण फैलिसकेको ले रामपुर नगरपालिकालाई कोरोना भाइरसबाट सुरक्षित राख्ने उद्देश्य साथ बुधबार सर्वदलीय बैठक बसेको जनाए ।
थापाले उक्त बैठकमा राजनीतिक दल, नगर सल्लाहकार, नगर समन्वय समिति, पत्रकार, इलाका प्रशासन, इलाका प्रहरी कार्यालय, नेपाली सेना समेतको बैठकले भोलि जेठ १ गते बेलुका ७ः०० बजेदेखि रामपुर नगरपालिकाभित्र आउने र बाहिर जाने अत्यावश्यक सवारी साधन बाहेक दुई पाङ्ग्रे चार पाङ्ग्रे सवारी साधन तथा बाहिरबाट आउने कुनैपनि व्यक्तिलाई समेत रामपुर नगरपालिका भित्रका सबै नाकाहरुमा जेठ ५ गतेसम्म पूर्ण रुपमा प्रवेश निषेध गर्ने निर्णय गरिएको बताए । साथै यो नियम उल्लंघन गरेमा नियमानुसार कैद र जरिवाना हुन सक्ने पनि नगरप्रमुख थापाले बताए ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_4U7d3bnKZ4_slktx5tphm2lhcaz76agrxbe55llyqqooejnqcnmpqg8npjebarlopsbyqle.jpg)
प्रतिक्रिया