नेपालमा थप २ मा कोरोना संक्रमण, २१९ पुग्यो

Mynews_1

Mynews_1

काठमाडौं । पछिल्ला दिनमा अत्याधिक संक्रमित संख्या देखिएको नेपालमा बुधबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु र बाँकेमा थप १÷१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ का ३६ वर्षका पुरुष र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित