कोरोना संक्रमित बढेसँगै यी सात स्थानीय तहमा निषेधाज्ञा जारी गर्दै रुपन्देही

Rupandehi

रुपन्देही। रुपन्देही जिल्लामा कोरोना संक्रमित बढेपछि रुपन्देही प्रशासनले भारतसँग सीमा जोडिएका रुपन्देहीका सात स्थानीय तहमा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, सम्मरीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मायादेवी गाउँपालिका र रोहिणी गाउँपालिकामा निषेधाज्ञा घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको जिल्ला सुरक्षा समिति र स्थानीय तहका प्रमुखहरुको बैठकले दुई नगरपालिका र पाँच गाउँपालिकामा बुधबारदेखि जेठ ५ गते राति १२ बजेसम्म आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

 

Comments

Top