को को हुन् त राजधानीमा देखिएका संक्रमित ?

काठमाडौं । पछिल्लो तथ्यांकअनुसार उपत्यकामा देखिएका संक्रमित मध्ये १ जना युवती सुनसरीबाट उपत्यका आएको देखिएको छ भने एक पुरुप भक्तपुरस्थित दुवाकोटका रहेको जनाइएको छ । लकडाउनकै अवस्थामा तीन दिन अघि सुनसरीको झुम्काबाट राजधानी छिरेकी उनीसँगै बस्नेको पनि परिक्षण गर्न लागिएको जनाइएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार भक्तपुरका दुवै बिरामीलाई टेकु अस्पतालमा भर्ना गरिसकिएको छ ।
त्यस्तै काठमाडौंकी ३३ वर्षीया एक महिला भने चाहिँ चन्द्रागिरी नगरपालिका वडा नं. ९ सतुंगलकी रहेको खुल्न आएको छ । उनको बारेमा विस्तृत विवरण नआइसकेको जनाइएको छ ।
राजधानीमै ३ जना संक्रमित देखिएपछि अहिले ती ३ जनाको सम्पर्कमा रहेका सबैको ट्रेसिङ गर्ने काम सुरु भएको जनाइएको छ ।
यसअघि मंगलबार भक्तपुरका दुई जना र काठमाडौंका एकजना गरी ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा १८ जना पर्सा, २ जना धनुषा, २ जना महोत्तरी र एकजना सर्लाहीका छन्। यो एकैदिन देखिएको अहिलेसम्मकै ठूलो संख्या हो।
योसँगै नेपालमा कोरोना संक्रमिको संख्या २१७ पुगेको छ। ३४ जना निको भएका छन्। जसमा तीन जना व्यक्ति पुनः संक्रमण देखिएर अस्पतालमा उपचाररत छन्।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया