उपत्यकामा नै पुनः देखियो कोरोना, एकै दिन ८३ सहित नेपालभर २ सय १७ संक्रमित

काठमाडौं । नेपालमा एकै दिन ८३ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएसँगै कूल संक्रमितको संख्या २ सय १७ पुगेको छ । उपत्यकामा ३ जनासहित २६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यसअघि मंगलबार मात्रै पर्सा, कपिलवस्तु, रुपन्देही, बारामा गरी ५७ जनामा संक्रमण देखिएको थियो ।
यससँगै नेपालमा हालसम्म जम्मा संक्रमित संख्या २ सय २६ पुगेका छन् भने उपचारपछि घर फर्कनेको संख्या ३३ रहेको मन्त्रालयले जनाएको छ ।
नोटः यसअघि जम्मा संख्या २१७ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाएर पुनः प्रकाशित गरिएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया