उपत्यकामा भोलिदेखि लकडाउन थप कडाइ हुने संकेत

काठमाडौं । सरकारले गत सातादेखि लकडाउनमा अपनाएको खुकुलता भोलिदेखि कडा गर्ने संकेत देखिएको छ । सोमबार एकै दिन २४ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले उपत्यकामा केही कडा गर्ने भएको हो ।
पछिल्ला दिनमा एक्कासी देखिएका संक्रमितका कारण उपत्यकामा लकडाउन केही कडाई गर्ने भएको हो । दैनिक उपभोग्य वस्तुहरुको बिक्री वितरणमा केही खुला गरेको सरकारले भोलिदेखि थप कडाई गर्ने भएको हो ।
सडक छेउमा तरकारी बिक्री गरिँदै आएकोमा प्रहरीले भोलिदेखि नबेच्न अनुरोध गरेको छ । ‘आज त बस्नुभएछ, भोलिदेखि यहाँ तरकारी नराख्नुस् है’, बानेश्वरस्थित सडकमा तरकारी बेच्दै गरेको व्यापारीलाई एक प्रहरीले भने । उनले भोलिदेखि फेरी तरकारी बेच्न राखिएमा प्रहरीले कारबाही गर्ने बताए ।
यसअघि सोमबार कपिलवस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा गरेर एकै दिन २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यससँगै नेपालमा हालसम्म १ सय ३४ जना कोरोना संक्रमित पुगेका छन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया