भूमि मिचेर ठूलो भएको छिमेकी होइन, हृदय ठूलो भएको छिमेकी चाहिएको छः धुर्मुस

काठमाडौं । नेपालको भूमि मिचेर सडक बनाएर उद्घाटन गरेको भारतविरुद्ध नेपालको सडकदेखि सदनसम्म विरोध भएको छ । सोही क्रममा कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेलले नेपालीलाई भूमि मिचेर ठूलो भएको छिमेकी होइन हृदय ठूलो भएको छिमेकी चाहिएको छ’ भनेका छन् ।
विगतका केही दिनयता समाचारमाध्यमहरुमा समाचारको विषय बन्दै आएको लिपुलेकका बारेमा धुर्मसले लेखेका छन्, ‘नेपालले पनि अन्तर्राष्ट्रिय कानुन अनुरुप कूटनैतिक ढंगबाट सीमा विवाद सुल्झाउन पहल गरोस् भन्ने चाहन्छौँ । हामीलाई सीमा मिचेर ठूलो भुभाग भएको छिमेकी हैन ठूलो हृदय भएको छिमेकी चाहिएको हो । जननी जन्म्भूमिस्च स्वर्गादपी । हामी सबैलाई हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो छ ।’
उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो स्टाटस मार्फत् भनेका छन्, ‘विभिन्न समयमा नेपालको सीमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्तर्गत लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले प्रष्ट पारेको छ । कालापानी, लिपुलेक र सुस्तामात्र होइन, नेपाल–भारत सीमाका ७१ स्थानमा भारतीय पक्षले सँधै विवाद निकाल्दै आएको छ। तसर्थ स–सम्मान नेपाली भूमि फिर्ता गर्न भारतले यथासक्य छिटो कदम चालोस् भनी आग्रह गर्दछौँ । साथै नेपालले पनि अन्तर्राष्ट्रिय कानुन अनुरुप कूटनैतिक ढंगबाट सीमा विवाद सुल्झाउन पहल गरोस् भन्ने चाहन्छौँ । हामीलाई सीमा मिचेर ठूलो भुभाग भएको छिमेकी हैन ठूलो हृदय भएको छिमेकी चाहिएको हो । जननी जन्म्भूमिस्च स्वर्गादपी । हामी सबैलाई हाम्रो जन्मभूमि स्वर्गभन्दा प्यारो छ । त्यसैले, पटक–पटक हुने सीमा विवादले सामाजिक अस्थिरता, तथा राजनैतिक विचलनसमेत हुन सक्ने हुँदा यसको दीर्घकालिन समाधानका लागि आवेगमा आएर हैन संयम बनेर अगाडि बढ्न सम्बन्धित सबैसँग अपिल गर्दछौँ ।’
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_CiwwPA5KMb_mw7iufol6xbpeh45qwzfk0kqw7x4ol4wzkfxz4cri437qfvoujuzpy2jxugy.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_rnmr9rjpiV_2dutjdgnsn2ibdga0lvjlqqtg41ykwxffcktt26vedhgt6tuj4yl0p9typrh.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_yhppxpteG0_0vy2ipchpn7j7pqthymu4ezc1mesndxevrfogwurczpaxr4pkeyvlbrawvan.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया