सबै भारतबाट आएका थिए कपिलवस्तुका नयाँ १० संक्रमित

काठमाडौं । कपिलवस्तुमा नयाँ देखिएका सबै संक्रमित भारतबाट आएको सम्बन्धित गाउँपालिका र नगरपालिकाले जनाएको छ । यशोधरा गाउँपालिकाका ८ जना र बुद्धभूमि नगरपालिकाका २ जना भारतबाट आएका पुरुषमा कोरोना पोजेटिभ देखिएका सम्बन्धित गाउँपालिका र नगरपालिका प्रमुखले जनाएका छन् ।
सोमबार बिहान कोरोना संक्रमण देखिएका कपिलवस्तु यशोधरा गाउँपालिकाका सबै संक्रमित भारतबाट नेपाल आएको गाउँपालिका प्रमुख गिरजेश कुमार पाण्डेयले माइन्यूज नेपालसँग बताए ।
पाण्डेयका अनुसार गाउँपालिकाले भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका ६२ जनाको नमुना परिक्षणका लागि पठाइएकोमा हालसम्म ९ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ ।
त्यस्तै बुद्धभुमि नगरपालिकाका २ जना पनि भारतबाट आएका नै रहेको नगरपालिका प्रमुख केशवकुमार श्रेष्ठले माइन्यूज नेपालसँगकाे कुराकानीमा बताए । १ सय २५ जनाको नमुना परिक्षणका लगिएकाेमा हालसम्म २ जनामा संक्रमण देखिएको उनले जनाए ।
यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले जनाएअनुसार कपिलवस्तरमा थप १० जनामा कोरोना संक्रमित देखिएको जनाएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार कपिलवस्तुका १० जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । कपिलवस्तु यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १० जनामा कोरोना देखिएको जनाइएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया