सडक निर्माण रोकेरै भए पनि सीमामा काँडेतार लगाउन नेकपा भातृसंगठनको माग

Youth
काठमाडौं । सत्तारुढ नेकपा सम्बद्ध युवा र विद्यार्थी संगठनले भारतीय सीमामा काँडेतार लगाउन माग गर्दै सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै दुवै संगठनका नेताहरुले सीमामा काँडेतार लगाउन, सीमा सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि उच्च तहबाट निर्णायक पहल लिन पनि माग छ । भारतले सीमा मिचेर नेपाली भूमिमा सडक बनाएकोले उक्त काम तत्काल रोक्न पहल गर्न नेपाल सरकारलाई माग राखेको छ ।
राष्टिय युवा संघ का संयोजक रामप्रसाद सापकोटा (दीपशिखा), सहसंयोजक रमेश पौडेल, अखिलका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले हस्ताक्षर गरेको ज्ञापनपत्र आज मन्त्री ज्ञवालीलाई बुझाइएको हो ।
त्यसक्रममा ज्ञवालीले यो विषयमा नेपाल सरकारले कुटनीतिक पहल जारी राखेको बताएका थिए ।
विज्ञप्तिः
youth_1

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया