विद्यालयलाई अनलाइन कक्षाको शुल्क नलिन सरकारको निर्देशन (सूचनासहित)

nepal-education-ministry

काठमाडौं । सरकारले लकडाउनका बेला अनलाइन कक्षा सञ्चालन गरिरहेका विद्यालयहरुलाई शुल्क नलिनका लागि निर्देशन दिएको छ । सहरी क्षेत्रका अधिकांश विद्यालयहरुलाई बालबालिकालाई अध्ययन गराउने बहानामा अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षाका नाममा विद्यालयहरुसँग भर्ना र शुल्क नलिन आग्रह गरेको हो । मन्त्रालयले मन्त्रीस्तरीय अर्को निर्णय नभएसम्मका लागि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन समेत नपाइने निर्णय गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित रहेको र यस विषयमा कुनै थप निर्णय नभएको पनि मन्त्रालयले जानकारी दिएको छ । सहसचिव दीपक सुवेदीले सूचना जारी गर्दै परीक्षा सञ्चालन गर्ने विषयमा परामर्श लिने काम भइरहेको जनाएका छन् ।

सूचनाः

education-ministry-notice

 

 

प्रतिक्रिया

सम्बन्धित