‘विराटनगरबाट नाइटमा आएका हामीलाई अर्को नाइटमा विराटनगरनै नफर्काइयोस्’

३५ दिनको लकडाउन । कोरोनाको सन्त्रास । सकिँदै गएको बच्चाको लिटो । खाली हुँदै गएको गोजी । समाचार, आफू बसेको नजिककालाई कोरोना संक्रमण । नेपालको पश्चिम अनि दुर्गममा घर । जसोतसो जीवन धान्ने मेसोमा पूर्वी नेपालमा मजदुरी गर्दै खियाएका नङ्ग्रा । संसारमा जन्मिसकेपछि मृत्युअघिसम्म मानिसले भोग्नुपर्ने के मात्र नहुँदो रहेछ ?
बिहान, नौबिसेबाट उकालो लाग्दै गरेको बसबाट, काठमाडौंबाट बझाङ जाने मेसोमा कुरेका गाउँकालाई फोन गर्दै तरकारी मैले ल्याएको छु उताबाट, त्यहीँ पकाउँला, भात चाहिँ पकाउँदै...
विश्वनै कोरोना भाइरसका कारण आक्रान्त भइरहेको अवस्थामा विराटनगरबाट काठमाडौंका लागि हिँडेका १ सय ६० जना दश घन्टाको थकित यात्रापछि घर नजिक पुगीसकेका थिए । तर, सधैंजस्तो राजधानी छिर्ने बेलामा यसपटक छिटै चेक सकिएन । नागढुंगा प्रहरीले सबैलाई बसबाट उतार्यो ।
नागढुंगाको उकालो चढेर भञ्ज्याङ आइपुग्दा धुम्म धुमिलिएको आकाशमा थोरै भए पनि घाम उदाएको थियो ।
विराटनगरको गर्मीबाट हिँडेकालाई काठमाडौंको चिसोले छोइसकेको थियो, तर, जब नागढुंगा प्रहरीको बसबाट ओर्लनु भन्ने आदेशपछि सबैको मनसँगै आकाश पनि धुम्म भयो । लाग्यो मौसम पनि उनीहरुसँगै दुःखी बन्यो र वर्षिन थाल्यो । तब, आकाशले गरेको गड्याङगुडुङले बालबच्चा तर्सिए, आँखाको आँसुसँगै पानी पनि बर्सियो ।
माथिको आदेश राजधानी छिर्न नदिनु भन्ने । बस्दा बस्दै कैयौं राजधानीबाट बाहिरिइएकाहरुले बाई बाई गरिरहेका थिए । कतिबेला प्रहरीले जानुस् भन्ने आदेश दिने बेला पर्खेर बसिरहेका थिए । नाम टिप्ने, ज्वरो नाप्ने लगायतका काम भइरहेका थिए । केही भाग्यमानीहरु थिए, जसले ज्वरो नाप्न छिटै पाएका थिए । तर, उनीहरु पनि जब अभागी सावित भए, माथिको आदेशसँगै विराटनगर नै फर्किनु भन्ने आदेश आयो ।
तर, सानो आशा अनि भरोसा । लिटो खाने बेला भएको बच्चालाई पानीमा बिस्कुट चोपेर खुवाउँदै, दिउँसो भयो । साँझ पर्न लाग्दैछ ।
जुन अपरिचित ठाउँ विराटनगरले गास दियो, जीवनको आश दियो । अहिलेसम्म जीवन जीउनका लागि केही गर्ने ठाउँ दियो, अनि विषम परिस्थितिमा ३५ दिनसम्म साथ दियो र परिवारमा समाहित हुने आशा अनि भरोषा दियो । तर, आफ्नै भनेको काठमाडौं भने निर्दयी बन्यो ।
आशा छ, साँझैसम्म भएपनि काठमाडौंले आफ्नो पक्षमा निर्णय गरोस् । बरु, विराटनगरमा ३५ दिन क्वारेन्टाइनमा बसेका हामीलाई थप १४ दिन काठमाडौंको क्वारेन्टाइनमा राखोस्, विराटगरबाट नाइटमा आएका हामीलाई अर्को नाइटमा विराटनगर नै नफर्काओस् ।
(पहिलोपोस्टको यो तस्वीरपछि मनमा लागेको खुल्दुली)

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया