चीनमा अमेरिकामा भन्दा धेरै मानिसको मृत्यु भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

trump_1

trump_1

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणका कारण चीनमा अमेरिकामा भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेका छन् ।

पछिल्लो तथ्यांकअनुसार हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुने थप १ हजार २ सय ९० जनाको तथ्यांक सार्वजनिक गरिएपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।tt

tt

ट्रम्पले शुक्रबार ट्वीट गर्दै भनेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्यांक चीनले अचानक बढाएर दोब्बर गरायो । तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ ।’

पछिल्लो तथ्यांकअनुसार चीनमा हुबेईमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेर ३ हजार ८ सय ६९ पुगेको थियो भने पूरै चीनमा मृतकको संख्याको कूल संख्या ४ हजार ६०० पुगेको थियो ।

यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका चिनिया अधिकारीहरुले जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित