विपत्तिमा विश्वमहारथीः प्रतिघन्टा १ सय जनाभन्दा बढीको मृत्यु, विश्वभर १ लाख ३४ हजारबढीले ज्यान गुमाए

crying US

crying US

काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा मात्र मृत्यु हुने मानिसको संख्या २८ हजार ५ सय नाघेको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा हालसम्मै धेरै मानिसको मृत्यु भएको छ । उक्त अवधिमा मात्र २ हजार ४ सय ८२ जनाको मृत्यु भएको जनाइएको छ । यसरी हेर्दा अमेरिकामा औषतमा प्रतिघन्टा १ सयजनाभन्दा बढीको मृत्यु भईरहेको छ ।

यसअघि अघिल्लो २४ घन्टामा २ हजार ४ सय ७ जनाको मृत्यु भएको थियो । अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण २८ हजार ५ सय २९ जना मानिसको मृत्यु भइसकेको छ ।

पछिल्ला दिनमा अमेरिकामा अत्याधिक रुपमा संक्रमित र मृतकको संख्या बढन थालेको छ । यससँगै अमेरिकाले कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या पनि ६ लाख भन्दा बढी भएको छ । हालसम्म अमेरिकामा मात्र ६ लाख ४४ हजार ८९ जनाकालाई संक्रमण देखिएको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर अहिलेसम्म २० लख ८२ हजार ३ सय ७२ संक्रमित भइसकेका छन् भने पछिल्लो २४ घन्टामा मात्र ८४ हजार ५ सय १५ जना नयाँ संक्रमित बढेका छन् ।

अघिल्लो २४ घन्टामा ७४ हजार १२ जना संक्रमित थपिएका थिए । हालसम्म विश्वभर २० लाख ८२ हजार ३७२ जना संक्रमित देखिएका छन् । त्यस्तै हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५ सय ६० पुगेको छ ।

पछिल्लो २४ घन्टामा मात्रै ७ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित