श्रीलङ्कामा कर्फ्यु आदेश उल्लङ्घन गर्ने २६ हजार व्यक्ति पक्राउ

कोलम्बो । कोरोना भाइरस सङ्क्रमणको प्रकोप विश्वव्यापी बनिरहेका समय नियन्त्रण तथा रोकथामका लागि मार्च २० पछि जारी गरेको निशेधाज्ञा उल्लङ्घन गर्ने २६ हजार व्यक्तिलाई देशभरबाट पक्राउ गरिएको श्रीलङ्काको प्रहरीले मङ्गलबार बताएको छ । प्रहरीले विगत २४ घण्टामा एक हजार ६०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।
सरकारद्वारा जारी निशेधाज्ञालाई उनीहरूले उल्लङ्घन गरेका प्रहरीको दावी छ । प्राप्त जानकारी अनुसार उनीहरूलाई निशेधाज्ञाको समयमा सडकमा अनावश्यक आवतजावत गर्ने, सार्वजनिक स्थानमा भेला हुने र रक्सी मद्यपान सेवन गर्ने, अत्यावश्यक काममा बाहेक रमाइलो वा घुमघामका लागि सडकमा सवारी साधन चलाउने, रेष्टुरेण्ट खुला राख्ने र सडकमा अभद्र तथा उद्दण्ड क्रियाकलाप गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।
प्रहरीले उक्त अवधिमा छ हजार ७०० सवारी साधनलाई पनि नियन्त्रणमा लिएको बताइएको छ भने पक्राउ परेका सबै जनालाई आगामी दिनमा स्थानीय अदालतहरूमा पुर्पक्षका लागि पेश गरिने बताइएको छ ।
श्रीलङ्काले मार्च २० देखि जारी गरेको कर्फ्यु आदेश खाद्यान्न तथा अत्यावश्यक सामग्रीको पुनःसञ्चय गर्नका लागि गत हप्ता एक दिन केही घण्टाका लागि खुला गरेको थियो ।
श्रीलङ्कामा मङ्गलबारसम्ममा २१८ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । यसमध्ये ५९ जना निको भएका छन् । अन्य १४२ जनाले सरकारद्वारा तोकिएको अस्पतालमा उपचार सेवा र निगरानीका लागि राखिएको छ । यहाँ हजारौँ विदेशबाट आएका वा विदेशबाट आएका व्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिलाई उनीहरूकै घर वा प्रशासनद्वारा स्थानीय स्तरमा निर्माण गरेका क्वारेन्टाइन केन्द्रमा राखिएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_HMnlpu4eaj_5qhgzilwycaw72taorhfrzbadgudjx0y4adxuc7h7vbahuh3pffvbyvdxmgw.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_HnSA74fy67_3f0szpv7euym8tglkcuyreuv1nwxum7w8ohybkmhjzq3g02hp4qudahyvsqf.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_9PwjbXLcnS_zt0jdrxlatwaxxagarevjiqvcon3eypnbbcl9824nvaia4zppumjcvm6a94v.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_xeTNBFT6de_ls85addbo48mjpir3awe5ysbwabopwkuulic0nih4tkgdsllkepqawg0xshw.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_Z31obSjWFh_6xgnwh5yg2resvk5cvgklhx6omhbcachrm8xm2mvduhiauo1maacbs7mosg1.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया