अमेरिकामा २२ हजारभन्दा बढीको मृत्यु, विश्वभर संक्रमितको संख्या साढे १८ लाख बढी

us_1

us_1

काठमाडौं । कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुने मानिसको संख्या २२ हजार नाघेको छ । अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण २२ हजार १ सय १५ जना मानिसको मृत्यु भइसकेको छ ।

पछिल्ला दिनमा अमेरिकामा अत्याधिक रुपमा संक्रमित र मृतकको संख्या बढन थालेको थियो । यससँगै अमेरिकाले कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा इटालीलाई पछि पारेको छ । इटालीमा अहिलेसम्म यो भाइरसको कारण १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख ६० हजार ४ सय ३३ पुगेको छ । अमेरिकामा अहिलेसम्म ३१ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वभर १८ लाख ५३ हजार ६ सय १९ मानिस संक्रमित भइसकेका छन् भने एक लाख १४ हजार २ सय ७२ जना मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित