खुशीको खबरः बेलायती प्रधानमन्त्री जोनसन अस्पतालबाट डिस्चार्ज

1boris
लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता हुनुभएको प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले बताएका छन् ।
करिब दुई सात पहिले कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराएका थिए । तर उनका चिकित्सकहरूको सल्लाहमा करिब एक साता पहिले उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो ।
प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किएका छन् । जहाँ उनले बाँकी केही दिन आराम गरी पूर्ण निको हुनेछन् ।
“उहाँको उपचारमा सम्लग्न चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री जोनसन तत्काल (केही दिन) काममा फर्किनुहुने छैन ।”

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया