ब्रिटिस प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा सुधार, थोरै थोरै हिँड्न डाक्टरको सुझाव

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनको कार्यालयले प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिएको छ । ५५ वर्षीय बोरिस जोनसोनलाई कोरोनाभाइरस संक्रमित पाइएको १० दिनपछि गत आइतबार लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।
आइसीयूमा तीन दिन बिताएपछि बिहिबार उनलाई जनरल वार्डमा सारिएको थियो । उनले आईसीयूबाट जनरल वार्डमा सरेपछि थोरै थोरै हिँड्न सक्ने जनाइएको छ । उनका प्रवक्ता स्ट्रीटले जनाएअनुसार डाक्टरले आराम गर्दै थोरै थोरै हिँड्न सक्ने जनाएका छन् ।
उनको कार्यालयले दिएको जानकारी अनुसार अस्पतालमा पनि उनी आफ्नी गर्भवती प्रेमिका क्यारी साइमण्ड्ससँग लगातार सम्पर्कमा छन् र उनको गर्भवस्थाको स्क्यान प्राप्त गरिरहेका छन् ।
क्यारीमा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि क्वारेटाइनमा बसिरहेकी छिन् । बेलायती प्रधानमन्त्री अस्पतालमा फिल्म हेरेर र सुडोकु सुल्झाएर समय बिताइरहेको बताइन्छ । त्यस्तै जाेन्सनले उपचारमा संलग्न चिकित्सकहरूलाइ धन्यवाद ज्ञापन गरेका छन् ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया