कोरोना नियन्त्रण कोषमाकर्मचारी सञ्चयकोषको ५ करोड सहयोग

karmachari-12
काठमाडौं ।

कर्मचारी सञ्चयकोषले कोरोनाभाइरस रोकथामतथा नियन्त्रणको लागि ५ करोड रूपैंया आर्थिक सहयोग प्रदान गरेको छ । कोषल सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी रूपमा महामारी फैलाएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ करोड रूपैंया आर्थिक सहयोग गरेको हो ।

कोषको संचालक समितिको अध्यक्षमा (अर्थसचिव राजस्व ) हालै मात्र नेपाल सरकाबाट नियुक्त भएका रामशरण पुडासैनीको अध्यक्षतामा बुधबार (२०७६/१२/१९) बेलुका बसेको पहिलो बैठकले कोरोना नियन्त्रणको लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित