अमेरिका, इटली र स्पेनमा लाखभन्दा बढी संक्रमित, स्पेनमा मृतकको संख्या ९ हजार नाघ्यो

flags

काठमाडौं ।अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । हालसम्म सबैभन्दा धेरै संक्रमित भएको तथ्यांक सार्वजिनक भइरहेका बेला हालसम्ममा अमेरिकामा ४ हजार ५९ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या ९ हजारभन्दा माथि पुगेको छ । हालसम्म स्पेनमा ९ हजार ५३ जना पुगेको छ । स्पेनमा एकै दिन ५८९ जनाको मृत्यु भएको हो ।

विश्वभरी नै अत्यन्त आक्रामक रुपमा फैलिइरहेको कोरोना भाइरसका कारण हालसम्म अमेरिकामा सबैभन्दा धेरै १ लाख ८८ हजार ६३९ जना संक्रमित भेटिएको छ भने स्पेनमा पनि संक्रमितको संख्या लाख भन्दा बढी पुगेको छ । स्पेनमा १ लाख २ हजार १ सय ३६ कोरोना संक्रमित भएको जनाइएको छ । लाखभन्दा बढी संक्रमित हुने अर्को मुलुक इटली रहेको जनाइएको छ । इटलीमा हालसम्म १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हालसम्म विश्वभर ४३ हजार २ सय ७५ को मृत्यु भएको जनाइएको छ भने ८ लाख ७३ हजार ८ जना संक्रमित भएको जनाइएको छ । कोरोना भाइरसले अहिले विशेष गरी युरोपेली मुलुकहरुमा महामारीको रुपलिएको छ । फ्रान्स, बेलायत, नेदरल्यान्डलगायतका देशहरुमा मृतकहरुको संख्याबढ्दो क्रममा छ ।

 

प्रतिक्रिया

सम्बन्धित