न्यायाधीश नियुक्तिको निर्णय बदर गर्न सर्वोच्चमा रिट

काठमाडौं । न्याय परिषद्ले गत मंसिर १७ गते गरेको जिल्ला न्यायाधीशहरुको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
न्याय परिषद्लाई विपक्षी बनाइ उपन्यायाधिक्ता हरिशंकर ज्ञवालीले आइतबार दायर गरेको रिट निवेदनमा कानून विपरीत सो निर्णय न्यायपालिकाको गरिमा र प्रतिष्ठालाई बचाइ राख्नको लागि बदर गर्न माग गरिएको छ।
रिट निवेदनमा भनिएको छ–‘नेपालको संविधानले न्याय सेवामा कार्यरक्त कर्मचारीबाट पदपूर्ति गर्दा ज्येष्ठता, योग्यतालाई प्रमुख आधार बनाउनुपर्ने भनिएकोमा कर्मचारीबाट जिल्ला न्यायाधीश नियुक्तिको सिफारिस गर्नुपरेमा उक्त आधारको कुनै मूल्याङ्कन नै नगरी स्वेच्छाचारी र हचुवाको किसिमले नियुक्त गरिएको छ ।’
न्याय सेवामा कार्यरत कर्मचारीको समग्र मूल्याङ्कन गरी पुनःनियुक्तिका लागि सिफारिस हुन सक्ने हुँदा पहिलाको निर्णयलाई बदर गरी स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढङ्गले न्यायाधीश नियुक्ति गर्न माग गरिएको छ।
गत मंसिर १७ गते न्याय सेवामा कार्यरत ७ व्यक्तिलाई जिल्ला न्यायाधीश नियुक्त गरिएको थियो ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_SD9mDlOXX7_kas6c6ulkue9ylefsvmitrfkcgbbfmknwqnse4rdgxdqulvv6c2fkertdaba.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_HdlfQOgk7M_npysq4uks5rewfbcvp2stsekuiq3zozwifzknrxjsb0s7waat0rajlb2py1i.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_3cRqdQU9B8_9miki8pdkkcldhd1u3dk5gsv2auqetdgs6dx0kxjte1lxvv967cafmeljpzc.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_oFN1pCCXFF_nxko4a1k1wyay9evalmzzjuxmxy1m1xc2zlotz5mi9zatws4095o0glyzq0i.jpg)
प्रतिक्रिया