हनुमन्ते नदि सफाई अभियानको ६५औं हप्ता पूरा, सकारात्मक बन्दै गएको भनाई

भक्तपुर । ‘उठौं, जागौं हनुमन्ते नदि सफा गर्न सबै लागौं’ भन्ने मुल नाराका साथ शुरु भएको हनुमन्ते नदि सफाइ अभियानले बुधबार ६५औं हप्ता पूरा गरेको छ ।
समग्र भक्तपुरलाई सभ्य, स्वच्छ र सफा जिल्ला बनाउने उद्देश्य सहित सञ्चालित सफाई अभियान अन्तर्गतको हनुमन्ते नदि सफाई अभियानमा बुधबार अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत गठ्ठाघर–थिमी चार दोबाटोमा चोकसम्म सफाई गरिएको हो ।
राष्ट्रिय सरसफाई स्वच्छता समन्वय समितिका सदस्य सचिव एवम् खानेपानी तथा ढल व्यवस्था विभाग तथा वातावरणीय सरसफाई शाखाका शाखा प्रमुख इन्जिनियर देवेन्द्र कुमार झाको प्रमुख अतिथ्यतामा सम्पन्न सफाई अभियानमा अभियान्ता तथा स्थानीयबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ई. झाले हुनुमन्ते नदि सफाई अभियानले सकारात्मक सन्देश फैलाएको भन्दै यस्ता अभियानहरु सञ्चालनमा स्थानीयबासीको सहभागिता उल्लेख्य हुनुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता एबम् भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद महेश बस्नेतको अगुवाई एवम् सूर्यविनायक नगरपालिकाको संयोजनमा सञ्चालित सफाई अभियान ६५औं हप्तासम्म आइपुग्दा प्रविधिमय बनिसकेको छ।
यहि अभियानमा अरनिको राजमार्गका विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्नेदेखि कोरियन प्रविधिबाट फोहोरमा रहेका किटाणु नष्ट गर्ने काम समेत भएका छन् ।
सफाई कार्यक्रममा सामाजिक अभियान्ताहरु, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, जीबन बिज्ञान, वेभ ग्रुप, नेप्सेम्याक, नेपाल फुलबारी, बिभिन्न संघ संस्थालगायत स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको थियो । त्यसैगरी सफाई अभियानमा वेभ फिजिकल फिटनेसका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_YrWWYIF0NI_mlvuid9dhpn8sz33suq5kqb3jestoy2g9ciz7ou5egejrk3tummpi0drl5oc.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_plVILbrn3g_guqzyounaxwjptkbygchexn2enjfqrmnfehd1laspv9ftesdxlb6rrgwzpct.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_EwfJxtRRLf_qzscfmmgvc2f1p4ufzhemw4swmsvwo0riy42l3bqnnjnnx3q8xwpwk6etick.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_89hf0FQ95j_mmn8ohuphohucnhivdxdfwy6noonjvsbvzxnldicl1syywk8lwge7nmrgbfb.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया