श्रीलंका फेरि आत्मघाती विस्फोट, १९ जनाको मृत्यु

काठमाडौं । श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको एउटा घरमा सुरक्षाकर्मी र आतंककारीबीच शनिबार बिहानै भिडन्त हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ।
आतंककारीहरू लुकेर बसेको एउटा घरमा सेना तथा प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो। छापा मार्ने क्रममा भएको भिडन्तमा ४ जना मारिएको सेनाका प्रवक्ता सुमिथ अट्टापटुले सञ्चार माध्यमहरूलाई जानकारी दिएका छन्।
आतंककारीको घेरा तोडेर सुरक्षाकर्मी भित्र पस्न खोज्दा उनीहरूले घरभित्रै आत्मघाती बम विस्फोट गराएको सेनाले जनाएको छ।
उक्त विस्फोटमा परी घरभित्र थप १५ जनाको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ। विस्फोटपछि पनि घरभित्र सेनाले थुप्रै विस्फोटक पदार्थ तथा आत्मघाती विस्फोट गर्न सहयोग पुग्ने ‘भेष्ट’हरू भेटेको थियो।
गत आइतबार श्रीलंकाका होटल तथा चर्चहरूमा भएका श्रृंखलाबद्ध विस्फोटमा परी २९० भन्दा बढीको ज्यान गएको थियो। उक्त आक्रमणको अन्तर्राष्ट्रिय आतंककारी संगठन आइएसले जिम्मा लिएको थियो।
अहिले थप आतकंकारीको खोजीमा सुरक्षा फौजले देशैभर खानतलासलाई तीव्र बनाएको छ। आतंकारीहरू अझै लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ। देशभर नै संकटकाल घोषणा गरेर कर्फ्यू जारी गरिएको छ।
राष्ट्रपति मैत्रिपाला सिरीसेनाले देशैभर हरेक घर खानतलासी गरिने र अबदेखि प्रत्येक घरमा बस्ने मानिसहरुको अभिलेख राखिने बताएका छन्।
यता, राष्ट्रपति सिरिसेनाले प्रहरी प्रमुख पुथित जयासुन्दरालाई राजीनामा दिन आग्रह गरे पनि उनले अस्वीकार गरेका छन्।सुरक्षामा देखिएको असावधानी तथा विदेशी राष्ट्रहरुले दिएको सूचनाका आधारमा एक साताअघि भएका आक्रमण रोक्न नसकेको भन्दै राष्ट्रपति सिरिसेनाले प्रहरी प्रमुख र रक्षा सचिव हेमेसिरी फर्नान्डोको राजीनामा माग गरेका थिए। फर्नान्डोले भने राजीनामा दिसकेका छन्।
श्रीलंकाको संविधान अनुसार प्रहरी प्रमुखलाई हटाउने अधिकार संसदलाई मात्र छ। सुरक्षा अंगहरुमा सरकारको धेरै हस्तक्षेप हुन थालेपछि संविधान संशोधन गरेर प्रहरी प्रमुख हटाउने अधिकार संसदलाई दिइएको थियो।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_ixRaPsL8wQ_c5yjymzlkm1xnzkwv2s7uuwqiqrsn1lpy6atemowp5y6avrgl8pjbyuaeh4f.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_5wXfk2xDBf_7voyqprm58qxwazmiz9w0ifvklsczo7ij0sssw7qr5jji75t3o30bi4ubmd2.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_XnZ8286p1o_vkpnihjobcpl00dax3im6ethq38jhcdug8th3kfgc3rmmbxbsgkvrul8kgyt.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_UJA9zPrVDR_oozdxxw9stxach4xfrkfyawvb3edhqhzubtzfcltdxbefdtodvc0tfztpen9.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया