सुशानको पुरस्कारले जगत हँसायो

यो सरकारसँग जनताले जे अपेक्षा राखेका थिए, त्यो पाउन सकेका छैनन् । दुई तिहाईको सरकार हुँदा पनि प्रधानमन्त्री केपी ओलीले काम गर्न सकेका छैनन् । उनका सारथीहरू उपयुक्त छैनन् । मन्त्रीहरू काममा भन्दा पनि भाषणमा धेरै ध्यान दिन्छन् । कमिशन कताबाट आउँछ त्यसतर्फ केन्द्रित हुन्छन् ।
आफ्नै दलका नेता तथा कार्यकर्ताबाट समेत कमिशन खान्छन् । काम लिएर आउने कार्यकर्ताको कामलाई मन्त्रीहरूले अल्झाएर राखिदिन्छन् । सरकारलाई कांग्रेसले भन्दापनि आफ्नै दलका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् । ओलीलाई आफ्नै कर्मचारीहरूले टेरेका छैनन् । खटाएको ठाउँमा कर्मचारी जान मान्दैनन् । सरकारी कार्यालयहरूमा भ्रष्टाचार व्याप्त छ । उच्च तहका कर्मचारीहरू भ्रष्टाचारको रकमसहित धमाधम पक्राउ परिरहेका छन् । मुलुकमा सुशासन कहिले आउँछ भनेर जनता आजित बनेका छन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बेला–बेला सरकारको आलोचना गर्ने गरेको छ । तर, कांग्रेसको आलोचनालाई ओली सरकारले ध्यान दिएको छैन । सरकारको कार्यशैलीबाट आफ्नै कार्यकर्ताहरू समेत सन्तुष्ट नभएका बेला ओलीले क्रिश्चियन धर्म प्रचारक महिलाको हातबाट सुशासनको पुरस्कार पाएका छन् । यो पुरस्कारलाई लिएर ओली हास्य पात्र बनेका छन् । ओलीलाई उनकै दलका नेताहरू भीमबहादुर रावल, घनश्याम भुसालहरूले आलोचना गरेका छन् ।
आफ्नै नेताहरूको आलोचना खेप्दै आएका ओलीका अबका दिनहरू कठिन छन् । सरकार बनेको नौ महिना भैसकेको छ । ओलीले जनतालाई राहतभन्दा पनि आहत दिएका छन् । उनको कार्यशैलीबाट कोही पनि सन्तुष्ट छैनन् । ओली दिन प्रतिदिन अलोकप्रिय बन्दै गएका छन् । आलोचकहरूले ओलीका दिनगन्ती शुरु भएको भनेर आलोचना पनि गरिरहेका छन् । निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसक्नु, क्रिश्चियनको धर्म प्रचार कार्यक्रममा सहभागी हुनु जस्ता कार्यले यो सरकार झन् आलोचित बनेको छ ।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_ixRaPsL8wQ_c5yjymzlkm1xnzkwv2s7uuwqiqrsn1lpy6atemowp5y6avrgl8pjbyuaeh4f.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_5wXfk2xDBf_7voyqprm58qxwazmiz9w0ifvklsczo7ij0sssw7qr5jji75t3o30bi4ubmd2.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_XnZ8286p1o_vkpnihjobcpl00dax3im6ethq38jhcdug8th3kfgc3rmmbxbsgkvrul8kgyt.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_UJA9zPrVDR_oozdxxw9stxach4xfrkfyawvb3edhqhzubtzfcltdxbefdtodvc0tfztpen9.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया