सन्दीपलाई पछि पार्दै पारस वर्षको उत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७४ मा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड हात पारेका छन् । उत्कृष्ट महिला खेलाडीको अवार्ड भने ब्याडमिन्टनकी शोभा गौचनले हात पारिन् । भद्रकालीस्थिति नेपाली आर्मी अफिसर्स क्लबमा बिहिबार भएको कार्यक्रममा पारस र शोभाले उत्कृष्ट पुरूष र महिला खेलाडीको अवार्ड हात पारेका हुन्।
पुरूषतर्फ फुटबलका रोहित चन्द, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्र बहादुर श्रेष्ठ, क्रिकेटका सन्दीप लामीछाने र गल्फका टंक बहादुर कार्कीलाई पछि पार्दै पारसले बाजी मारेका हुन्। त्यसैगरी बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पार्दै शोभा वर्षको उत्कृष्ट महिला खेलाडी भएकी हुन्।
उत्कृष्ट महिला खेलाडीको अवार्ड हात पार्न सफल शोभा योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्सको उपाधि विजेता हुनुका साथै योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिजमा दीपेश धामीसँगै मिक्स डबल्समा उपविजेता बनेकी थिइन्। उनी घरेलु प्रतियोगिता जेष्ट ब्याडमिन्टन प्रतियोगितामा मिक्स डबल्सको विजेता समेत हुन्।
नेपाल क्रिकेटका युवा स्पिनर सन्दीप लामिछाने एनएसजेएफ पुल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत सन्दीप वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्। नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले फुटबलका दिनेश हेम्जन, क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उक्त उपाधि जितेका हुन्। सन्दीप हाल आइपिएल खेल्न दिल्ली डेयरडेभिल्ससङ्ग आबद्ध छन्। रोयल च्यालेञ्जर्स बंगलोरविरुद्ध आइपिएलमा पहिलो पटक मौका पाएका सन्दीपले डेब्यमा उत्कृष्ट बलिङ्ग गरेका थिए।
क्रिकेका टमाटा उत्कृष्ट प्रशिक्षक भएका छन् भने टेबलटेनिसका स्यान्टुले पिपुल्स च्वाइस अवार्डको अवार्ड जितेका छन् । त्यसैगरी क्रिकेटर करण केसीलाई स्पेशल अवार्ड प्रदान गरिएको छ
भने ह्विलचेयर बास्केटबल र ह्विलचेयर क्रिकेट टिमका कप्तान हिमाललाई पारा एथलिट अफ दी इयरबाट सम्मानित गरिएको छ ।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_7cycSulWYl_fbr5f12zkqx5db6mrepnmdfww84fw6h2uhxqwvd2jqfxwg65sshl3m5oizqw.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_plVILbrn3g_guqzyounaxwjptkbygchexn2enjfqrmnfehd1laspv9ftesdxlb6rrgwzpct.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_EwfJxtRRLf_qzscfmmgvc2f1p4ufzhemw4swmsvwo0riy42l3bqnnjnnx3q8xwpwk6etick.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_89hf0FQ95j_mmn8ohuphohucnhivdxdfwy6noonjvsbvzxnldicl1syywk8lwge7nmrgbfb.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया