विभिन्न अपराधमा संलग्न तीन समुहलाई प्रहरीद्वारा सार्वजनिक
%2520(1)_sAW20bcnut_psea0lewz71fsqbhgkfbbmd2fgy4pae7ijlcjqvgcxaowaotsezclfyoujtr_VV1mOz55UU_89vqputgixzka13lrdgntnncwqnexjuvehbj2vbi0n0fofosebui6zj6aws2.jpg)
काठमाडौं।
विभिन्न अपराधमा संलग्न रहेका तीन समुहलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । सुनको गरगहना चोरी गरेको आरोपमा प्रहरीले डल्लुबाट तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ घर भई हाल बसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती–१ घर भई बसन्तपुर बस्ने कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेश घर भएका ५८ वर्षीय जागिर मलिक रहेका छन् । यसअघि नरेन्द्र देउला पाँचवटा चोरी मुद्दा र एउटा ज्यान मुद्दामा पनि संलग्न भएर कारागार र धरौंटीमा छुटेको पनि प्रहरीले जनाएको छ ।
उनीहरूले माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका–७ की सुनिता ठकुरीको डेराबाट सुनको गहरगहना चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले सुनको नेक्लेस १ वटा, सुनको सिक्री १ वटा, सुनको औठी १ वटा, गालेको सुन एक ढिका, सुनको तिलहरी १ वटा, सुनको कल्ली १ वटा, सुनको झुम्का १ वटा, सुनको मंगलसूत्र, सुनको मंगलसुत्रका टुक्रा ७ वटा र सुनको सिक्का १ वटा गरी लगभग ११ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै,काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा छापा मारेर प्रहरीले ८८ वटा मोबाइल बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट ८८ वटा मोबाइल र १० वटा ल्यापटप र गरेर कारोबार यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ । प्रहरीले आइतबार राति दोर्जी लामाको दुई तले घर भाडामा लिएर बसेको र अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा २३ जना भारतीय नागरिकहरू पक्राउ परेका थियो ।
प्रारम्भिक अनुसन्धानबाट करिब ३ अर्बको कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै , चोरीको मोवाइलका विषयमा दुई समूहबीच झडप हुँदा काठमाडौंमा एक युवकको हत्या भएको छ । चावहिलको कुमारीगालस्थित उमामहेश्वरीमा आइतबार बिहान भएको झडपमा गम्भीर घाइते भएका २३ वर्षीय अमृत भनिने संघर्ष कार्कीको उपचारका क्रममा मृत्यु भएको पहरीले जनाएको हो ।
प्रहरीले दुईजना घाइते युवाहरुलाई उद्दार गरेर अस्पताल लग्यो, जसमध्ये संघर्ष कार्की अचेत थिए तर केएमसी अस्पताल पुर्याउनासाथ कार्कीलाई डाक्टरहरुले मृत घोषणा गरेका थिए । अर्का घाइते १६ वर्षिय क्षितिज कार्कीको हात, पिठ्यू र तिघ्रामा चोट लागेको थियो । केएमसीले उनलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा रिफर गर्यो । उनलाई सोही राति ९ बजे अस्पतालबाट डिस्चार्ज गरी हाल गौशालाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाटै प्रहरीले दुई जना आरोपीहरुलाई तत्काल नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुमा दोलखाको जिरी नगरपालिका १ स्थाइ घर भई हाल कपनको सिमलटार बस्ने २२ वर्षिय युनिक लामा भनिने नुर्बु शेर्पा र सिन्धुपाल्चोक बाह्रविसे–८ घर भइ हाल गोकर्णेश्वर–८ बस्ने २० वर्षिय विशाल तामाङ रहेका छन् ।
झडपमा संलग्न दुवै समूहमा काठमाडौंमा मोबाइल, ल्यापटप चोरीमा सक्रिय रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_YQn0NoH1iq_w4zlzfwyjwe1nikfsdk3rjfykq97d56eyc4i8odq0lj7xolexeho0zfdkjch.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_fndOslcHIg_yjcovyk2qmcfi8anvecwqnnmhgsmyavrjzmjiwdc0j9qhkp60tdgsswqo6su.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_C5252KV94n_vofvcdmkqcren3zogn7gvyovufbfjtgoyny4a7p3k22yqn37ffofqnnwwvut.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_bW4weJZpzA_wvih5cjccthcjxgdds5ijp8btvwblhmykt6phbskivnaa9cqsdx6h2kn5o2k.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_sARb7gdeV0_tlltdjig8whncndmxmeviji94klnxa73t3aeknemhp7eoirwqahh1ahe8rwm.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_Ok0BPFGvLu_iyzlayfi8hhlhwjm6ayrnivgyml3mlbyr5yckbfsaax98dft58xvujue59zk.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_mCQhNi47Zn_1e4xmptr0rn2tsq8t8odjqbrbbdzb9mzzmyktbcaamyywouiykxnsxf93owg.jpg)
प्रतिक्रिया