पोखरामा स्कुटर चोरी गर्ने तीनजना पक्राउ

पोखरा ।
पोखरामा मोटरसाइकल तथा स्कुटर चोरी गर्ने कार्यमा संलग्न तीन जनालाई वडा प्रहरी कार्यालय बैदाम पोखराले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.११ बस्ने बर्ष २६ को सन्तोष लामिछाने र कास्कीको मादी गाउँपालिका वडा नं.३ घर भई हाल पोखरा १५ बस्ने बर्ष २७ को किरन परियार र नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका वडा नं.५ बस्ने बर्ष ३० को प्रहलाद कोहारलाई पोखरामा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीन जनामध्ये लामिछाने र परियारले गएको पुष ९ गते मध्यराति पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको ग २५ प ७१३ नम्बर र ग १८ प २७३७ नं.को स्कुटर चोरी गरेकोमा ग १८ प २७३७ नं.को स्कुटर कोहारले किनेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।
पोखराको पृथ्वीचोकबाट चोरी भएको दुई वटा स्कुटर खोजतलाश गर्ने क्रममा अभियुक्तद्वय लामिछाने र परियार पक्राउ परेकोमा उनीहरुले आफूहरुले चोरी गरेको स्कुटर कोहारलाई बेचेको प्रहरी समक्ष बयान दिएका छन् । उनीहरुको बयानका आधारमा कोहारलाई ग १८ प २७३७ नं.को स्कुटर सहित नवलपरासीबाट पक्राउ गरेर ल्याइएको डिएसपी निरौलाले बताए ।
उनीहरु तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_XHXp4Gmc4S_pj1bgspaimu3uqvwwcu8ewksxsdenpgefwxxinf3eth3gsjcglbmvxowzllb.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_Km3dzVRAiK_cvdnab3fcyek6tnrsg0fvj7vl0mnuwv28tm5ddqi6njcvsamdiefpqtkgdyx.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_Z8q2D1wUdP_0r6uf05ol3til0xytfxlszy9lpjiwsxdjl8scq8egbubifi4gnjlnweiepq1.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_3xy8tdjdvc_g6542bq9fmy90uva42pi1xc87mpk1qh88eba2pckxzkkpak5eqm3wtilkwgo.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_U9tD6YUwm0_9g7a6vmlgunskvhia5ky6vcj0nbaalbcn5bbnpakcrysdfxtlvlfrop9kxyq.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_6NuIAqSnl3_e3yc0dagunbae3o6tehdphdnh4if7gvo8kp3gd1ysfgdmp2hcjvg8vbetbqm.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_nn6FLVjFd9_0eltf2qbpw2f2emjxnkucxgtjmznrdkhybe84kci3wkgmmbgkvxkenlmkqci.jpg)
प्रतिक्रिया