रक्सी नदिएपछि गंगाराम रानाले गरेका थिए दम्पतीको हत्या

कञ्चनपुर ।
कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणमा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मदिरा पसल सञ्चालन गर्दै आएका लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या गरेकोमा आरोपमा सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने ५२ वर्षीय गंगाराम रानालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार रानाले बडायक दम्पतीको हत्या गरेको स्वीकार गरेका छन् । ‘डीएसपी जोशीले भने, ‘सोधपुछको क्रममा मदिरा खरिद गर्न जाँदा नदिएपछि आवेगमा आएर हत्या गरेको रानाले स्वीकार गरेका छन् ।’
सोधपुछका क्रममा सुरुमा रमेश बडायकले आफूँमाथि आक्रमण गरेको बयान रानाले दिएका छन् । ‘मदिरा खरिदका लागि पसलमा पुग्दा मदिरा नदिएर बडायकले दुई थप्पड हानेका थिए,’ डीएसपी जोशीका अनुसार रानाले बयानमा भनेका छन्, ‘नजिकै काठको चिर्पट पाएपछि सुरुमा श्रीमानको हत्या गरेको हुँ । उनकी श्रीमतीले होहल्ला गर्न थालेपछि उनको पनि हत्या गरेको हुँ ।’
९ कात्तिकमा रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो । कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो ।
मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए । गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल थियो ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_ZphQcH28Qp_ukjyc8otehxostekkwfblrgwkx8aqjwi1ljql2urptunlzyc9ldysjke4vzd.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_KDSGPvPwdy_pd1qlbd7nze1dx1dsqs7dz0ebbgr4hiw8gbjbfyqflxbwpuluzeismpctklo.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_1nUVqVPaIa_ufcuebsu8n2aiathqa6fqaaukpkhgvg9pv92pwsisrtpllexktryqit6qwpf.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_Ts4S2gbuxh_s7hvs7vnyhr6lrb8ziifdlzsvqr3trtfljhyun1xvfh0gnndvpuz7ykapqp8.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_hWQFVTqH7g_5mzmcyp6adbjt0a7wth1cbgbmiy6ybuhc3arhusg7rlnnvkk7lueigkuritz.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_QivCHQwhbG_ikjotav3mjroxt7dad1ywg5e4xzthiekeftt20bmkwpm6je42crwjccrsw2e.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_Om29S8CyNy_xekisq88skzktvowhivp2jw3fo7n75avyjyzxylmujcwgkstwnhvzkthhxqw.jpg)
प्रतिक्रिया