ठगी गरेको अभियोगमा बाबु छोरा नै पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. १० का स्थायी बासिन्दा थईन्द्र रिजाल दर्ता नै नभएको खानी देखाएर २ करोड बढी ठगी गरेको अभियोगमा पक्राउ परेका छन् । प्रहरीले ठगीको अभियोगमा थईन्द्र र उनका छोरा सुयज्ञ रिजाललाई बुधबार राजधानीबाट पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि बिहीबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप लिएको छ ।
रिजालले काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको वडा नं. ५ स्थित च्यासिङखर्कस्थित च्याल्टीखोलामा ग्रेनाइट खानीको लाइसेन्स २ करोड रुपैयाँमा बिक्री गर्ने भन्दै हङकङ निवासी इन्द्रकुमार राईलाई ठगी गरेको खुलेको छ ।रिजालले उक्त ग्रेनाइट खानी सञ्चालनबाट उत्पादन हुने ग्रेनाइटको अनुमानित परिणाम, लागत र मुनाफाबारेको प्रतिवेदन राईलाई देखाउँदै ६६ अर्ब ४८ करोड नाफा हुने प्रलोभन देखाएर ठगी गरेको खुलेको छ ।थईन्द्रले राईलाई देखाएको क्षेत्रमा ग्रेनाइट भए पनि लाइसेन्स प्राप्त क्षेत्रभित्र नपर्ने खानी इन्जिनियर केके झा र भूगर्भविद् बलराम कार्कीको टिमले गरेको भौगर्भिक अध्ययनपछिको प्रतिवेदनले खुलाएपछि राई ठगिएको पुष्टी भएको हो ।थईन्द्रले राईलाई देखाएको खानी क्षेत्रमा मानववस्ती, स्कुललगायत स्थानीय वडाध्यक्षको घरसमेत रहेको खुलेपछि राई ठगीएको पुष्टी भएको छ । राईले थईन्द्रलाई खानी लाइसेन्सको २ करोड रुपैयाँरकममध्ये पहिलो किस्तास्वरुपको २५ लाख र भक्तपुरको चार आना जग्गा पास गरिदिइसकेका छन् ।त्यसपछि बाँकी रकमका लागि थईन्द्रले राईसँग चेक लिएर नसाटिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दिएका थिए । यसरी राईलाई एक ठाउँ देखाएर अर्को ठाउँको लाइसेन्स बेचेका थईन्द्रले पछिल्लो समय ओमकृष ग्रेनाइट कम्पनीको नामबाट ठगी गर्न भने छाडेका छैनन् ।उनले राईलाई चण्डेश्वरी केसीको नाममा रहेको लाइसेन्स नक्कली कागजात बनाएर नामसारी गरिएदिएको पनि जनाइएको छ ।
आफ्नै श्रीमती, छोरा बुहारीहरुलाई साझेदार राखेर खानी विभागबाट लाइसेन्स लिएका थईन्द्रले २०७७ सालमा मकवानपुरको भीमफेदीमा ग्रेनाइट खोजतलासको लाइसेन्स लिएका थियो भने २०७७ सालमा मकवानपुरको भीमफेदीमा ग्रेनाइट खोजतलासको लाइसेन्स लिएका थियो भने छोरा सुयज्ञ रिजालको नाममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा क्वार्जाइट खोजतलासको लाइसेन्स छ । उनीहरूले अहिले ओमकृष ग्रेनाइट कम्पनी खोलेर कारोबार गर्दै आएको पनि खुलेको छ । रिजाल परिवारले राई बाहेक अन्य व्यक्तिहरुलाई पनि खानीको नाममा धेरै ठगी गरेको पाइएको छ । एक स्थानमा कीर्ते गरेको खानी विभागले उनका अन्य लाइसेन्सहरुका बारेमा भने अध्ययन अनुसन्धान अगाडि बढाएको छैन ।
%2520(39)_AA3tyF7LuP_ry7lakpzeuxcin8ht6jzvo5jqtdvza1wos2mu4x8frvk4ejz4xnpo4ipi3ib_eSuEO3waOW_utgeezvbklkytnzuswlxlblwuiv40nrf02vnz5kirmkpejjesbu4vkhbyqoo.jpg)
बागमती खोलामा नुवाउने क्रममा डुबेर युवकको ज्यान गयो
%2520(11)_0qAZOgBlSP_jnhymf7xxxab2bskge4tanyxos8qfph0amx131atffgcfgkw0abwi5eemcdk_6Rs1gM1ur8_b5y0akvgksgjrtzuoh2pbhlyn4bhxcd9hpeybrdce2fdvhjofhkpsmnhw6bg.jpeg)
रिंकु सदायको मृत्यु प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ
_hWWQivfRwH_6kn9bpego3ib5axozyhopet79lqmuvlmhewr9f2muediivigflbcf8msn8cw_UVLRQYNumx_gnnje9zobmc7eptxb3ww8z30ahk3jslcnlskvdbqzzouruieehkg3y4z8avo.jpg)
डिपेन्डेन्ट भिसामा युके पठाउने भन्दै ठगी गर्ने दुई युवा समातिए

भक्तपुरबाट गएको २९ जना सवार तिर्थयात्राको गाडी नौविसेमा दुर्घटना, १ जना मृ…
_JLA7YIblwZ_pycsbnp8tonkkvhcxpe2fs6te19nqqvmx0qnmder8hbajis2hhomenujr1oq_5TDDfZ80pw_jtgmlou9ukydpsf3k7pvy2gow65o9jysgzgeknz0ar1iwhlcysvlq8tf6jhl.png)
डेढ किलो गाँजासहित तीन जना पक्राउ

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना :आमा–छोराको मृत्यु
ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु
_f3wI6sXaIo_g2whv4hibhsr0fugqz8qxuqd8gnyjsly0mqqwx8utzd9c0vegmzbwotnxq2f_VohZuFPsp8_dirwna1qvehn87iqbexwlo8acncyryzxbbjicyrnztvhidkl6nesbnaxwfos.jpg)
प्रतिक्रिया